“वेश्या कारागार”


म कारागार भित्र छु,कसैको हत्या,डकैत वा कुनै जगन्य अपराध गरेको होइन,गरिबीको रेखाले च्यापेर आफ्नो परिवारको खुसी किन्न सहर छिरेको एक यात्रीलाई उपहारमा कारागार मिलेको छ,त्यस्तो कारागार जहाँको पर्खाल आफूले मारेका खुसीहरू उभिएर मलाई छेकेका छन्,आफूले पाएको साँघुरो जिन्दगीको विम्बहरुले मलाई आफैसंग थुनामा राखेको छ।बिमार शरीर लिएर एकहोरो चिन्तनमा भिजेको परेली ले सिलिङमा घुमेको पङ्खा हेरिरहेको थिएँ,अचानक फोन आयो,मेरो मालिकको रहेछ मैले फोन उठाएँ…

मालिक: मनु,आज काममा किन न आएको हूँ?
म:म्याम,हेर्नु न आज मलाई सञ्चो नभएर बिहान देखि उठ्न पनि सकेको छैन,
मालिक:आज होटलमा विशेष गेस्टहरु आउनु भएको छ,स्टाफ कमी भएर गेष्टहरु रिसाई रहेका छन्,आज जसरी भएपनि तुरुन्त आऊ।(यति भनेर मालिकले फोन कातिदिनु भयो)
म अहिले २३ वर्षको भए,मेरो नाम मन कुमारी हो मलाई मायाले सबै जनाले मनु भनेर बोलाउने गर्छन्।मेरो घर जाजरकोट जिल्लाको बिकट ठाउँमा छ, म १६ वर्षको छँदा घाँस काट्न गएकी मेरो आमा भीरबाट लडेर स्वर्गिय हुनु भएको हो,आमाको पिर लिएको बहानामा बाबा सधैं मदिरा सेवन गरी हिड्नु हुन्थ्यो,म जेठी छोरी हुँ घरको,म भन्दा मुनी एउटा बहिनी अनि सानो भाइ छ।
बाबा सधैं दारुको नसामा हिदिरहने अनि कुनै कामधन्दा पनि नगर्ने भएको ले परिवारमा धेरै दुःख थियो, म कक्षा ८ पढ्दा पढ्दै बीचमा पढ्न छोड्नु पर्यो,बाबा पनि धेरै रक्सी सेवन गरेको कारण बिमार पर्दै जानु भयो, मैले कसैको मेलापात गरेर भाइ बहिनीलाई खाना खुवाउन थाले,आफूले पढ्न नपाए पनि भाइ बहिनीलाई राम्रो संग पढाउने मेरो चाहना थियो,,

एकदिनको कुरो हो साँझको समयमा ३ जना मानिसहरू मेरो घरमा आइपुग्नु भयो,२ जना महिला १ पुरुष थिए,सहरदेखि हाम्रो ठाउँको रमणिय वातावरण हेर्न आउनु भएको रहेछ,आजको दिन हामीलाई बास् अनि खानाको व्यवस्था गरिदिनु नानी हामी पैसा दिन्छौं भन्नु भयो,जसोतसो खाना खुवाएर सुत्ने ठाउँको व्यवस्था गरिदिए,उहाँहरूले हाम्रो दुःख नजिक देखि देख्नु भएको थियो,र मलाई ‘हामी संग काठमाण्डौं हिँड हामी राम्रो काम लगाइ दिन्छौं तिमीलाई ‘ भनी फकाउँदै हुनुहुन्थ्यो,बोलीमा मिठास थियो र यो दुखीको आवाज बनेर बोलेको सुन्दा म कतै डराई रहेकी थिए त कतै भाइबैनिको भबिस्य पनि सोचिरहेको थिए,भोलिपल्ट पनि उहाँलाई आफ्नो ठाउँ घुमाउन हिँडेर उहाँहरुको कुरामा फसेपछि उहाँहरू सँगै काठमाडौं जाने तयारी गरे,र बाबा, भाइबैनी लाई खुसी राख्ने बाचा गर्दै गाउँ छोडेर काठमाण्डौं आए।

अनेक प्रकारका मानिसहरूले भरिभराउ यो काठमाण्डौं को व्यस्त सहरमा मैले आफ्नो सुनौलो भबिस्य देखिरहेको थिए,काठमाण्डौं पुगेको ३ दिन सम्म मलाई एउटा कोठामा खाना पिना व्यवस्था गर्दै ती दिदीहरूले “अब केही दिन पछि काममा लाग्ने है बैनी”भनेर जानु हुन्थ्यो।एकदिन बिहानै “ल बैनी आज बाट काम गर्न जानु पर्छ भनेर लिएर हिड्नु भयो र पाँच तल्ले होटल मा लगी एकजना महिला दिदि संग भेट गराउनु भयो,र भन्नु भयो “आज बाट तिमी यो दिदी संग यही होटल काम गर्ने,दिदीलाइ हामीले सबै कुरा भनिदिएका छौं,तिमीले चाहेजति पैसा दिनु हुन्छ,यस्तै यस्तै कुरा सम्झाएर उहाँहरू निस्किनु भयो।करिब १०,१५ दिनसम्म मैले झाडु पोछ लगाउने,भाडा सफा गर्ने कामहरू गर्न थाले।एकदिन होटलको मालिक दिदीले मलाई भन्नु भयो..
मालिक दिदी:तिम्रो नाम के थियो रे बैनी म त भुलेछु?
म:म अलि मुस्कुराउँदै(मेरो नाम त मन कुमारी हो म्याम)।
मालिक दिदी:मन कुमारी होइन आज देखि मनु है त तिम्रो नाम,अनि यहाँ सुन त”यो होटलमा मैले काम अनुसार तलब दिने गरेकी छु,यसरी सरसफाई गरेर मात्र त कमाई थोरै हुन्छ बैनी,तिमीले बुझिसकेको होला यहाँ धनी धनी गेस्टहरु आउनु हुन्छ उहाँहरू लाई सेवा गरेबापत धेरै पैसा दिनु हुन्छ।
म: अ,म्याम मैले अलिअलि बुझिसकेको छु यहाँको बारेमा,फेरि म त यस्तो काम गर्न सक्दैन कि?
मालिक दिदी:हे बैनी बानी हुँदै जान्छ पो हौ,पैसा डबल कमाउन सक्छौं।(दिदीले मलाई फकाई फुलाई गरेर भोलि बाट यौनधन्दा गर्न प्रेरित गर्नु भयो र मलाई पनि आफ्नो घरको परिस्थितिहरू सम्झदा पैसा कमाउनु ठूलो जस्तो लाग्यो)

आज पनि सम्झन्छु त्यो सुरुको दिन, एकपटक बेस्या बन्नको लागि धेरै पटक मर्नु पर्दो रहेछ,जहाँ छोरी मान्छेको भावना,मन अनि तन् टुक्क्रेर छियाछिया हुन्छ नि तब वेस्या को उपनाम पाउन सकिन्छ।मेरो अस्मिता छिन् छिन् मा लुतिदा मेरो आँखाबाट झरेको आँसुको पिडा त्यो बन्द कोठामा भित्ताहरुले प्रस्ट देखेको छन् मेरो सिरानीहरुले थाहा पाएका छन्न्।ती दिनहरूमा आफ्नो शरीर भन्दा ठूलो बाबाको औषधि,र भाइबैनिको भोको पेट अनि बाध्यता जस्तो लाग्थ्यो।घरमा पैसा पठाएर उनीहरुलाई खुसी त राखेको थिए तर भाइबैनी र बाबाले कामको बारेमा सोधे भनी आँखाको आँसु र फोन एकैपटक काट्नु पर्थ्यो।

गिद्धलाई सिनो देखेपछि सिङ्गै सिनो एक्लै खान मन लाग्छ रे भन्ने सुनेको थिए,त्यस्तो पनि भएको थियो मेरो जिन्दगीमा ‘कसैले यो काम छोडेर आऊ म संग नयाँ जिन्दगी सुरु गर भन्दै”वर्षदिनको लागि सित्तैमा ओच्छ्यान तताउनेहरु पनि आएका थिए, बागमतीको त्यो फोहोरो ढल र काठमाण्डौं सडक छेउछाउको कचदा भन्दा दुर्गन्धित आफ्नो जिन्दगी बोकेर हिँडिरहेकी छु,बाबालाई धेरै उपचार गर्दा पनि बचाउन सकिन,भाइबैनी पनि ठूलो हुँदै गए लगत्तै मेरो कामको बारेमा थाहा पाएपछि म प्रति देखाउने व्यवहारले म झन् मर्दै गएको छु,

करिब ६ वर्ष अरूको यौन तृष्णा मेटाउँदै आएकी मेरो स्वास्थ्य मा ठूलो समस्या आएको छ,बारम्बार तल्लो पेट दुख्ने अनेक समस्या देखिने भएर हस्पिटलमा चेक गराउँदा HIP positive अनि पाठेघरमा क्यान्सरको तेस्रो स्टेज मा पुगेको रहेछु,मैले बुझ्नै सकिन यो जिन्दगीमा बाध्यता ठूलो हुन्छ कि आफ्नो मर्यादा,भोको पेटले देखाएको यो सहरले मलाई जिन्दगीको नराम्रो पाठ पढाएर सबैभन्दा अलग दुनियाको भुमरीमा नचाइ रहेको छ,यौबन् बेचेको पैसा बैस हुँदासम्म रहेछ,आज म संग न चोखो जवानी बच्यो न जिन्दगी बचाउन सक्छु,,
जिन्दगीले यत्ति कुरा चाहिँ सिकायो जति नै ठूलो बाध्यता किन नपरोस् शरीर बेचेर खुसी किन्नु भन्दा बालुवा चालेर दुख नै बेसाउनु ठीक रहेछ।हातमा बसेको थेला एकदिन निको भएर जान्थ्यो होला यो इज्जतमा लागेको धब्बा अब आफ्नो खरानी संग पखलिएर जान्छ कि ।निकै निर्मम हुँदोरहेछ वेश्या कारागार,न त्यो गाउँ फर्किन सक्छु न जानी जानी आफ्नो जिन्दगी सक्काउन सक्छु,आज आफ्नै जिन्दगी लेख्दा एकदिन भएपनि छोटियर गयो, अब कति दिन र रात बाँकी छ खोइ म बारबार मरेर एकदिन साँच्चिकै मर्न।

लेखकः राण साहव

Spread the info

Leave a Reply

Your email address will not be published. Required fields are marked *