“आमा”

कति मिठो सुनिन्छ है “आमा” शब्द।
खुसिको पर्यावाची शब्द आमा नै हो,
अनपढ छिन् ,,
फेरि पनि यो मुहारको हाउभाउ हेरेर कसरी बुझ्छिन् म पीडामा छु या खुसीमा..

हिजो तिमीले सुम्सुमाएर निको पारिदिने मेरो टाउको दुःखाइ,आज जति औषधि खाँदा पनि निको भएको छैन आमा,, म बीमारी हुँदा रातभरि अनिँदो मेरो सिरानीमा बस्ने तिमी,आज तिमी बीमारी हुँदा तातोपानी खुवाउने पनि कोही भएन साथमा,
प्रदेशको एउटा साँघुरो कोठाबाट सम्झिरहेको छु,”म घर निकै राति आउँदा पनि मलाई आँगन छेउमा कुरेर बसेकी मेरी आमा आज अनि त्यही पिँढी र आगनबाट यो प्रदेशी छोरो कुर्दै छट्पटाउँदै होलिन्”,,
यो प्रदेशबाट झल्झली देखिरहेको छु”फुलेको कपाल,चाउरिएको गाला अनि फुटेको पैताला,, बिना चप्पल पधेरा र जंगल धाउँदै गरेकी मेरी आमा, भान्सामा धुवाँको मुस्लो संग लडेर त्यो पुरानो भाँडोमा भात तरकारी पकाउँदै गरेको मेरी आमा,भित्तामा टाँगिएको छोरा,छोरी नाति,नातिनाहरुको तस्बिर संग एक्लै झगडा गर्दीहुन,
अस्ति आमाले फोनमा भन्दै हुनुहुन्थ्यो “घरको कौसीमा गौंथलीले गुँड लगाएर धेरै बच्चाहरु जन्माएको थियो ती बच्चाहरु उड्न सक्ने भएपछि उडेर कहाँकहाँ गयो खोइ? माउ चाहिँ फेरि एक्लै भएको छ”म जस्तै ।
आमासँग होस् नहोस् झगडा गरेर पैसा मागेका ती दिनहरु,
अरूको मेला जाँदा पतुकीमा लुकाएर मलाई ल्याइदिने ती खानेकुराहरू,,
सानो छँदा मलाई अरूले गाली गर्दा मेरो लागि झगडा गरेका ती दिनहरु सबै सबै सम्झिएको छु,, यो प्रदेशको एउटा साँघुरो कोठाबाट।

हामी छोराहरू छुट्टिँदा अंशबन्डा चलेको थियो र म कान्छो छोरा भएकाले आमाबाबा संग बस्ने भाग्य मेरो थियो,तर आमाको दुर्भाग्य.. बाबालाई भगवान् ले सम्झियो मलाई प्रदेशले सम्झिएर आमा देखि टाढा बनाई अनि एक्लै बनाइदियो। बोसले गाली गर्दा आमाले मायाले बोलाएको याद आउँछ,पसिनाले निथ्रुक्क शरीर भिज्दा आमाको पछ्यौरी याद आउँछ,चिसो भुइँमा चटाई माथिको सुताई ले आमाको काख याद आउँछ,डिउटी जाने बाटोमा मन्दिरको भगवान् देख्दा घरको आमाको याद आउँछ। आमा हजुरको खुब याद आउँछ।

बाध्यता नै थियो सायद नत्र आमाको काख छोडेर प्रदेशी हुने रहर कुनचाहिँ सन्तानलाई हुँदो हो,मेरो भागको आयु पनि आमालाई नै लागोस् म सफल भएको दिन मेरो सफलताले आमाको आँखामा आँशु झरेको हेर्न चाहान्छु,,
बुढी भएकी छिन् मेरी आमा त ,,नहेप नी फेरि ‘ ए काल मेरी आमालाई ‘ मैले प्रदेशमा किन्न आएको खुसीहरू आमाको अगाडि एकएक गरी फुकाएर देखाउनु छ, म छिट्टै आउँछु मेरो आमाको ख्याल गरिदेऊ ल भगवान्।
_राणा साहाब

Spread the info

Leave a Reply

Your email address will not be published. Required fields are marked *