बोली हराएको मान्छे
मन नै नभए मन्दिर जान,यो फूलको थुँगा बोलीदिए हुने,,
भक्तहरू चिच्याउँदा मन्दिर भित्रको ढुङ्गा बोलीदिए हुने,,
सयौं कागहरु कुरा काट्दै उफ्रिए संसद भवनमा आएर,,
सिंहदरबारको पिँजडा भित्र मौन यो सुँगा बोलीदिए हुने,,
जुँगा हल्लिएकै भरमा आधा समाचार बनाउँछन् पत्रकार,,
शत्रुहरू खुसीमा पर्ने थिए यो सरकारको जुँगा बोलीदिए हुने,,
कोही तड्पिएका छन् तिमीलाई हेर्न तिम्रो बोली सुन्न..
एकपटक संसद भवनमा यो बालेन् गुंगा बोलीदिए हुने।
