म त एकफेर नयाँ जिन्दगानी किन्न आएको छु
म त एकफेर नयाँ जिन्दगानी किन्न आएको छु,,
शरीरमा आगो लगाएर पानी किन्न आएको छु।
आमाको काख र नेपाल आमा छोडी जानै पर्छ,,
जग्गा धितो राखी राहदानी किन्न आएको छु।
गाउँको झुपडीमा वर्षौं भयो निद्रा पुगेको छैन,,
आज यो सहरमा सिरानी किन्न आएको छु।
रातभर सुत्न दिएको छैन अपुरो सपनाहरुले,
हेर्नु त उज्यालो नहुँदै बिहानी किन्न आएको छु।
आधा उमेर बितेर गयो धोकेबाज प्रेमजालमा,,
थाकेर बितेको त्यो जवानी किन्न आएको छु।
