“शराबी 2”

म शराब को उपनाम हुँ,
मलाई मन पर्छ दारुको चुस्की सँगै आफूलाई आफैबाट अर्को कुनामा बसेर नियाल्न…
कसले कसरी दृष्टि लगाउँछ म प्रति आवश्यक त्यो छैन म शराब लिएर खुसीको तराजुमा जोखिएको हुन्छु ।
आउने भबिस्यको जोखिम तिमीहरूलाई हुँदो हो,
म उदाउँदो सूर्यको किरण सँगै सन्ध्यामा बचेको दारुलाई यादमा लिएर विउँझिन्छु !!!
दुःखले भारी बिसाउने चौतारी दारुको भट्टी, जहाँ मेरो ओठ चुम्ने ती गिलासहरु म बिना एक्लो हुन्छन्।
क्षितिजमा सुत्न आतुर त्यो रातो सूर्य सँगै मेरो गिलास र सराबको मिलन,
कसैको याद ताजा गराउन खुब माहिर छन्…
तिमीहरूको तिरस्कार मंजूर छ मलाई,दारूलाई घृणा मेरो बस् मा छैन,,,
जब शराब मेरो मन,मस्तिष्क र कोमल अंगअंग स्पर्श गर्दै म भित्र हराउँछ,,
लाग्छ,एक हरिण खुसीले मात्तिदै चिच्याएको छ नेटोमा पुगेर,एक पंछी दिनभरि रनबन् डुलेर साँझमा आफ्नै गुँडमा फर्किए जस्तै लाग्छ।

मन लाग्दैन नडाक्नु मलाई जहाँ शराबको उपस्थिति छैन,
फल नलाग्ने रुखमा फर्की फर्की जाने म कुनै बेहोसी चरा होइन,,
शराब सँगै मेरो उपस्थितिले तिम्रो बद्नाम तय गर्छ भने छोडिदेऊ मलाई आफ्नै दुनियाँमा,,,,
म मेरो मित्र,घनिष्ट मित्र अनि दुस्तमित्र शराबलाई नै ठानेर हिड्छु,
मेरो आफन्तबाद शराब अनि म “शराबी हु”।
_राणा साहब

Spread the info

Leave a Reply

Your email address will not be published. Required fields are marked *