“विउँझिएको सास”

मेरो सास रोक्ने तिमी थियौ विउँझिएको सास म भए..!!
जिन्दगी बाँच्नु र बाँच्न बाध्य हुनु एउटै होइन रहेछ,
जिउँदो लास हुन म पुगेँ…प्रेमको हत्या तिमीले गरेकी थियौ,,

Thank you for reading this post, don't forget to subscribe!

एउटा म छु कि तिमी बिना जिन्दगी शून्य लाग्छ…
एउटा तिमी छौं जसलाई मेरो कोई प्रवाह लाग्दैन,,
तिमी प्रति पागल थिए,पागल बनाएरै छोडी दियौ,अब यो पागलको प्रेममा फेरि को पागल बन्न तयार हुन्छ?
म डुङ्गा थिए किनार मै रहें,, तिमी यात्री थियौ नदी मैले पार गराई दिए ।
अब यात्रीलाई पच्छ्याउँदै डुङ्गा जमीनमा हिँड्न पनि त सकेन !!
हारेर उठ्न नसक्ने म कहिल्यै थिएन अब जितेर पनि जितको उस्तब मनाउन मनले मान्दैन,,,
मलाई कसैलाई जित्नु छैन अब,म आफ्नै जिन्दगीसँग बारबार हारेको मान्छे हुँ
कसैलाई धोका दिनु छैन मलाई ,,आफ्नै जिन्दगीलाई धोका दिनु अलग कुरो हो,,
म पीडाको कुन गल्लीमा भौतारिदै छु छोडीदेऊ यो सब,
तिमीले तिम्रो पिडा सुनाउँ म गन्तव्य सम्म छोडिदिन्छु,,
तिम्रो यादहरु बोकेर चितासम्म लग्न पाए हुन्छ,,
के खहरे के नदी म पानी हुँ मलाई बग्न पाए हुन्छ ।
म सँगै अनिँदो छन् मसंग जोडिएका रातहरु, म जस्तै शून्य छन् म सँगै बित्ने दिनहरु..!!!

पातमा अल्झिएको सितको थोपा घामको किरण नआउँदा सम्मै अल्झिएर बाँच्यो,,
म भुइँमा खसिसकेको आँशु,तिम्ले कुल्चेर जाँदा पनि किन बाँचिरहेछु ।

सुगन्धित प्रेमकै फूल आएपनि अब यो ओइलिएको शिरमा सिउरिन नपरोस्,,
बडो मुस्किलले विउँझिएको छ यो सास दोबारा त्यही घाउमा बिउँझिन् नपरोस्।
_राणा सहाब

Spread the info

Comments are closed.