तिम्रो छुवाइ
तिम्रो छुवाइ अझै पनि त्वचामा बोलिरहन्छ,
तिम्रो सासको तातो हावा मनभित्र डोलिरहन्छ।
शब्दभन्दा परका ती क्षणहरू,
आज पनि मेरी रातहरूमा घुलिरहन्छ।
तिमी नजिक हुँदा समय रोकिने गर्थ्यो,
तिम्रो आँखाले सबै कुरा भुलाइदिने गर्थ्यो।
तिम्रो अधरको स्पर्शले आत्मा काँप्थ्यो,
प्रेम होइन, त्यो त शुद्ध कामुकता थियो।
तिम्रो शरीरको भाषा अलगै कविता हो,
मौन तर हजारौं भावना बोल्ने कविता हो।
तिमी र म बीचका ती निस्वार्थ सम्झनाहरू,
मेरो अस्तित्वमै लेखिएको कामुक कविता हो।
यो कविता लुकेको छैन, लाजले ढाकी पनि छैन,
यो त चाहनाको स्वीकृति हो, आत्माको उन्माद हो।
कामुकता पनि प्रेमकै एक रूप हो,
जहाँ शरीरले बोल्छ, र आत्मा सुन्ने गर्छ।
– Kamuk Poetry ♡
