अपरिचित साथी
कुरो २०७६ साल जेट महिनाको हो, म नवलपरासी जिल्लाको सर्वोत्तम सिमेन्ट कम्पनीमा कार्यरत थिएँ, दिनको डिउटी सकेर शरीरलाई थकान बिहिन गराउँदै ओच्छ्यानमा फोन हेरेर पल्टिरहेको थिएँ, एक्कासी घरबाट दिदीको को फोन आयो…
दिदीः बाबु के गर्दैछस् (दिदी रुँदै बोल्नु भएको जस्तो थियो)
मः केही नाई यत्तिकै डिउटी सकेर पल्टिरहेको, किन के भयो? किन रोएको जस्तो आवज आको छ ? मैले भने ।
दिदीः बाबा अब बाँच्नु हुन्छ जस्तो लाग्दैन तँलाई खोजिराख्नु भएको छ, कसरी आउन सक्छस भन्दै रुनु भयो ।
मः ल म हेर्छु कस्तो हुन्छ भनेर फोन काटिदिएँ ।
पस्सिम पाल्पा जिल्लाको एउटा गाउँ मा मेरो घर थियो । विगत तीन वर्षदेखि ६८, ६९ वर्षको बुवा प्रेसरले हानेर ओच्छ्यान मै थला पर्नु भएको थियो , औषधि निरन्तर रुपमा खानु भएको बुवाको त्यो खबर बिहे गरेर गएकी दिदीले माइत आएर मलाई सुनाउँदा निकै डर लागेको थियो, हुन त म घर गएर कम्पनी फर्किएको ९ दिन मात्र भएको थियो, आमा अनि बुवा ठिकै हुनहुन्थ्यो, बुवा बिमार नै भएपनि त्यस्तो समस्या केही थिएन, बुवा आमाको म कान्छो छोरा भएको कारण म बुवा आमा सँग वस्थे, दाजुहरु छुट्टिएर टाढा बस्ने र दिदीहरु को बिहे भएर आफ्नो आफ्नो घरमा हुनुहुन्थ्यो ।
त्यो दिन सबैजाना दिदीहरु दाईभाउजु भेला भएर मलाई खबर गरेका रहेछन् । नवलपरासी देखि गाउँ जना दूरीले टाढा नभए पनि कोरोनाको पहिलो लकडाउन भएको कारण सवारी यातायात गुड्न सक्दैन थियो, केही मालबाहक ठूला गाडिहरु कम्पनीमा फ्यात्तफुत्त आउने जाने गथ्र्यो, मैले त्यसैमा आफ्नो सिनियर लाई सुनाए पछि करिब ९ वजे तिर सिमेन्ट लोड भएको पश्चिम जाने ट्रकमा चढाएर घर जाने वातावरण मिलाउनु भयो । ट्रक करिब एक घण्टाको बाटो अगाडि आएपछि खाना खाएर एकछिन आराम गरेर जाने भनेर ड्राइभर र सहचालक गाडि देखि झरेर होटल तिर लाग्नु भयो ।
अर्कोपाना
मनमा बाबाको अन्तिम श्वास भेट्ने धोको ले भित्रत्रित्रै उकुसमुकुस भएको म मेही नबोली ट्रकबाट झरेर अलि परि पुलिस चौकी निर पुगेँ, मान्छे सम्म हिडडुल गर्न नपाउने भएको कारण पुलिस सरले मलाई सोधपुछ गर्न लाग्नु भयो, मेरो त्यो दुःखद बोली अनि मलिन अनुहार प्रस्ट पढ्नु भएको पुलिस सरले फेरि पश्चिम जाने ट्रक रोकेर चढाई दिनुभयो । म ओर्लनु पर्ने ठाउँको पूर्वपश्चिम राजमार्ग मा मलाई ट्रकको दाइले झारिदिनु भयो ।
रातिको करिब ११ बजेको थियो, त्यो पूर्वपश्चिम राजमार्ग देखि करिब ९ किलोमीटर उत्तर पाल्पा पर्ने गाँउ जानको लागि कुनै साधन थिएन, भनिन्छ नी मान्छेलाई परेपछि केही चीज संग डर लाग्दैन रे म आफ्नो झोला टिपेर गाउँ जाने बाटो लाग्न थाले । त्यो सहर देखि मेरो गाउँ नपुग्दा सम्म बीचमा एउटा घर बस्ती सम्म छैन, कालो अँध्यारो जङ्गलको बाटो मेरो डरको अगाडी बुवाको स्वास ठुलो थियो र म अगाडि बढीरहे । त्यो सहरमा कुनाको अन्तिम घर सँगै आर्मीको क्याम्प थियो जुन क्याम्प भित्र हुदै मेरो गाउँ जाने बाटो थियो, लक डाउन भएको कारण गाउँबाट मान्छेहरु सहर आउन मनाही थियो भनी सहरबाट गाउँ जाने मान्छेहरुलाई पनि आर्मी सरहरुले फर्कउनु हुन्थ्यो । रातको करिब ११ः३० बजे आर्मी सरले मलाई सोधपुछ गर्न थाल्नु भयो र मैले आफ्नो समस्या विनम्रता पूर्वक सुनाएपछि मलाई प्रश्न गर्दै “यो रातको समयमा कसरी जानु हुन्छ एक्लै जङ्गलको बाटो” भनेर जान अनुमति दिनु भयो,, र म त्यहाँ बाट सरासर अगाडि बढ्न थाले ।
करिब २०÷२५ मिनेट हिडेपछि जङ्गलको बिचमा एउटा बर र पिपलको चौतारी छ जहाँ पैदल यात्रीहरु जाँदा आउँदा बसेर हावा खाने गर्दछन् । रातको १२ः१० बजेको थियो म चौतारी निर पुग्न आँटेको थिए, मलाई चौतारीमा कोही मान्छे बसिरहेको आभाष भयो, त्यो मध्य रात्रिकालीन समय किराकिरीको चिर्विरचिर आवाज बाहेक केही थिएन त्यस समयमा चौतारीमा कोही मानिस बसिरहेको दृश्यले मेरो शरीरमा काँडाहरु फुल्न थाल्यो । एकछिन अधिएर हेरिरहेँ अनि मनलाई दह्रो बनाउँदै त्यो मानिस नजिकै गए । करिब २०÷२२ उमेरको देखिने अत्यन्तै सुन्दर एक युवती रहेछिन, मैले एक्कासी प्रश्न गर्न थाल…
मः हेलो, हजुर यति राति एक्लै यो जंगलमा के गरि बस्नु भएको ? (उसले जवाफ दिएन) मैले फेरि उसको अगाडी पट्टि गएर प्रश्न गरे ।
मः कता हिँड्न लाग्नु भएको यो रातिमा एक्लै हुनुहुन्छ या कोही साथि छन हजुरको ?
युवतीः म पनि माथि गाउँ सम्म जानको लागि हिँडेको एक्लै भएर यही बसेको थिएँ हजुर आउनु भयो साथी भयो । – उ खुसी भए जस्तो देखिन्थ्यो ।
मः माथि गाउँ कहाँ सम्म हो पुग्नु पर्ने कसको घर सम्म जाँदै हुनुहुन्छ यो भन्दा अगाडि त हजुरलाई कहिँकतै देखेँ जस्तो लाग्दैन ? मेरो गाँउ पनि यही माथि नै हो ।
युवतीः म हजुरको गाउँ भन्दा अझै माथि गाउँ जानको लागि आएको कोही आफ्नो मान्छे हुनुहुन्छ । टाढा बाट आउँदा रात पर्यो,, बरु जाऊँ सँगै हिड्नु भनेर अगाडि लाग्यो ।
रुपरङ्ग कुनै अपसरा जस्ती, सेतो कुर्था लगाएकी, बोली पनि उस्तै सुरिालो बोल्ने मैले केही कल्पना नै गर्न सकिन म सपना देख्दैछु या हकिगत हुँदैछ । उ अगाडि केही कुरा सुनाउँदै हिँडिरहेकी छे म उसको पछि हिँडिरहे,, मलाई उसको कुरामा भन्दा पनि आफ्नो मनमा खेलेको दोहोरो कुराले केही सोच्न नसक्ने बनाएको थियो , उ कहिले सँगै भएर हिँड्छ त कहिले अगाडि पछाडि भएर हिँड्छ, “भुत प्रेत त हुन्छ अरे भनी सुनेको थिए फेरि यो त पूरा मान्छे जस्तै छ, यो संग कसरी छुटेर एक्लै जानु पाए पनि हुने” मनमा दोहोरो तर्कहरु खेलिरहेको थिए । बाबाको त्यो हालत छ घरमा म बाटोमा यस्तो हालतमा हिडिरहेको छु । केहीछिन पछाडि गाउँभन्दा तल विश्राम गर्ने ठूलो रुखको मुनि ठाउँ थियो,
मः हेलो, सुन्नु न एकैछिन बसेर जाऊ है साह्रै थकाई पो लाग्यो?
युवतीः हुन्छ नि बसौँ एकैछिन मलाई पनि प्यास अनि थकाई लागेको छ । त बसौँ भन्दै मैले झोला बिसाएर त्यो ठुलो रुखमा टाउको अध्याएर बसे, ती युवतीले झोला बाट सायद केही खाने कुरा झिक्दै थिइन म भुसुक्कै निदाएछू,, करिब १ घण्टा पछि बिउँझिएर घडी हेर्दा ३ बज्न लागेको थियो, झसङ्ग हुँदै ती युवतीलाई यताउता हेरेँ कतै देखेन, म उठेर वरपर हेर्न लागेको थिए गाउँ जाने बाटोको अलि माथि बसेकी उनले “मलाई खोज्नु भएको होर भनिन्” ।
म झोला बोकेर फेरि उसको पछिपछि लागिरहे, उ संग कुरा गर्दै जाँदा गाउँ पुग्न पनि १५ मिनेट जति समय लाग्थ्यो, उसले मलाई प्रश्न गर्न लाग्यो ।
युवातीः अनि म साथी नभएको भए यो बाटो आउन डर लाग्दैन थियो हजुरलाई ?
मः आउनु पर्ने नै बाध्यता थियो, हजुर भेट नभएको भए सायद आधाबाटो सम्म घर देखि कोही मान्छेलाई लिन बोलाउँथे होला नि ।
युवतीः य उम त साँच्चै हजुरको बुवालाई सञ्चो छैन नी हगि ?
मः बुवाको त मैले हजुर संग केही कुरा नै गरेको छैन, कसरी थाहा भयो हजुर लाई ?
युवतीः हजुरले न भनेपनि मलाई सबै कुराहारु थाहा छ । –यही भन्दै उ अलि अगाडि पट्टी गयो) ।
मः तपाई भगवान होर तपाइलाई सबै थाहा हुन्छ ?
यही भन्न नभ्याउदै उ मेरै सामुन्य कहाँ हरायो पत्तै पाएन, मेरो घर जाने चोक आएको थियो, त्यहाँ बाट घरको बत्ती देखिन्थ्यो म चिच्याउन थाले, घरमा थुप्रै मान्छेहरु भेला भएको रहेछन् सायद बाबालाई कुर्न बसेका गाउँलेहरु थिए, म घर पुगे आमा दिदीहरु मलाई देखेर रुन थाल्नु भयो मैले बुवाको हात समाउन पुगेँ, बिहानको ४ बज्न लागेको थियो, बवाले मलाई चिन्न सम्नु भएन अन्तिम स्वास लिँदै गरेको बुवाको आँखा बन्द अवस्था थियो , मैले बाटोको घटना कसैलाई सुनाउन सकिन किनकि त्यहाँ घरको अवस्था अर्कै थियो, आमा दिदीहरु रुँदै हुनुहुन्थ्यो मैले आमा दिदीलाई सम्झाउन लागेको केही छिन मै बुवाले प्राण त्याग गर्नु भयो,, संस्कार र रीतिरिवाज अनुसार सबै गाउँलेहरु जम्मा भई बवालाई घाट लग्ने तयारी भयो , घाटमा लगेर बुवालाई जलाउँदै थिए, हामी छोराहरुले कपाल मुन्डन गर्नु पर्ने भएकाले खोलाको छेउमा लगेर मेरो उनि दाजुहरुको कपाल खौरिदै थियो, मेरो अन्तिममा कपाल खौरेर सकिए पछि ल नुहाएर आउ भनेर अरु जानु भयो, म नुहाउन खोलाको पानीमा गएको थिए पानी भित्र त्यही राति वाला युवतीको अनुहार देखियो, उ हाँसिरहेकी थिई, मैले उसलार्य भने “राति त्यो जङ्गलको बाटोमा जसरी मलाई सकुसल घरसम्म आउँदा साथ दिनु भयो अब बुवालाई हजुरको जिम्मामा छाडेर जाँदैछु मेरो बुवाको ख्याल गरिदिनु है जाहाँ भएपनि” यति भन्न भ्याएको थिए उनी हाँसेर त्यो पानीबाट पनि हराएर गईन । मैले बुवाको अस्तु सेलाएर घर आउँदा सम्म ती यवतीको बारेमा सोचिरहे ।
सायद भगवान नै लिन आउनु भएको रहेछ बुवालाई, म ढुक्क भएको छु बुवालाई स्वर्गको ढोका सम्म ती युवतीले पुर्याएको हुनुपर्छ ।
- राणा साहब
