कविता

” परदेश होइन देश बसौँ “

नेपालको माटो सुन र चाँदि फलाउला खनेर ।
नजाऊ युवा वर्ग पराई देशमा परदेशि बनेर ।।

दक्ष युवाहरु बौद्धिक पलायन हुँदै गएर ।
नेपाल आमा रोइरहेकी छिन् दुःखी भएर ।।

गौतम बुद्ध ,सीता माता जन्मिएको पवित्र देशमा ।
रमाउने गरौँ यै देशको माटो, संस्कृति अनि भेषमा ।।

जन्मदिने आमा कुरुप हुँदैमा नयाँ आमा खोज्छौ र !
देशमै भविष्य खोज्न छोडि किन पराई देश रोज्छौ र ।।

ऊ गयो ऊ आयो होइन साथी परिवर्तनको सुरुवात तिमी आफैँबाट गर ।
देश नेपाललाई सुखी अनि समृद्ध राष्ट्र बनाउनको लागि सधैँ अघि सर।।

विश्वको सर्वोच्च शिखर सगरमाथा अनि जलस्रोतको दोस्रो धनी मुलुकमा ।
युवाले चाहे देशको मुहार फेरि हिरा झैँ चम्काउन सकिन्छ एकै झुलुकमा ।।

सत्य , न्याय , सुशासन , नैतिकता , असलपन र निस्वार्थ भावले हिडिडेउ ।
बिन्ति युवा अब विदेश होइन देशमै बसि गलतको विरुद्ध मिलेर भिडिडेउ ।।

संस्कृति बचाउ ,पर्यटन व्यवसाय फस्टाउँ अनि कृषिमा औद्योगिकीकरण गरौँ ।
हाम्रा ती वीर पुर्खाले देश बचाए, युवा हो अब बनाउँन हामी लागि परौँ ।।

Spread the info

One thought on “कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *