जीवन अपजसिया

बाल्यकाल मेरो घाँस दाउरामा बित्यो,
वयस्क हुँदा माइतीको कामले जित्यो,
कति अभागी रहेछु हे प्रभु म
यो जीवन अपजसिया भएरै रित्यो ।

Thank you for reading this post, don't forget to subscribe!

ओठमा मुस्कान सजाएँ तर मनभित्र भेल थियो
अरूकै खुसीका लागि बाँचिदिनु एउटा खेल थियो
जति गरे पनि कसैको नजरमा असल हुन सकिनँ
मेरो जिन्दगी त केवल जिम्मेवारीको जेल थियो​

थकाइ लागे पनि बिसाउने कुनै चौतारी भएन
दुख्ला मन भनी पीडा सुनाउने कोही भारी भएन
निस्वार्थ भावले सेवा त गरिरहें जीवनभरि
तर यो मन बुझ्ने मेरो कोही हितकारी भएन ।

पसिना बगाएँ सधैं अरूकै आँगन हराभरा बनाउन
सकिनँ कहिल्यै आफ्नै पीडाको कथा सुनाउन
रित्तो हात र थाकेको शरीर मात्र बाँकी छ अब
भाग्यले नै ठगेपछि कहाँ जानु र न्याय माग्न ?

सृजना न्यौपाने

Spread the info