त्यो क्षण
किन किन मलाई त्यही समयमा
केही क्षण अडिन मन लागिरहन्छ
मेरा अन्तरआत्मा देखिको बिचरणले
यसरी मस्तिष्कमा धारा प्रवाह गरिरहन्छ
वसन्तले झारेर गएका पुराना पातले
गृश्मलाई दिएका नयाँ नयाँ उमंग जस्तै
यो प्रचण्ड गर्मीमा पनि कसरी यति सित्तल शान्त
नौलो नौलो सोचको पालुवा
यहाँ पलाइरहन्छ
प्रकृतिले दिएको यो अनौठो
प्रेमको मात होसमै पनि लागिरहन्छ
आशा निराशाको जंघार तोडि
चिन्तनको वेग आफैमा कसरी बगिरहन्छ
दबाएर राखेका ती प्रस्नका बाँधहरुले
न्याय कतै मागिरहन्छ
ऋतुहरुको परिवर्तनले दिने रंग उमंगसंगै
तिमिलाई केही जरुरी शन्देस पुर्याउन खोजिरहन्छ
शब्दका ती मुहानद्वारा निस्किएका
विशाल अर्थहरुले मलाई निकटदेखि
चुमेर सधै यसरी बगिरहन्छन् कि
जसरी नदिको निर्मल पानीको वहावले
बगरका ढुङ्गासंग आलिङगन गर्दै
सदाबहार छचल्काइ रहन्छ्न
– सबित्रा पौडेल
