“अन्तिम दिन”

कोरेर शब्द पाना भर्नुछ
कलममा सास भएको दिन..
म शून्य हुनेछु कतै हर्ष खुसी
र मधुमास भएको दिन,,
भव्य श्रृंगार गरिदिनु उसको
नजर पनि हेर्न बाध्य होस्..
मलाई हेर्दा लोभियोस् उसको
मन् म लास भएको दिन,,

यति फराकिलो रहेछ
कसैको याद संसार त सानो रहेछ..
दूर हुनेछु तिमी देखि मेरो
चिहानमा बास् भएको दिन,,

तिम्रो एक अञ्जुली पानी
पनि मेरो मुखमा अटाउने छैन..
तिमी नआउनु मेरो मुखभरि
दागबत्तीको गास भएको दिन,,

त्यतिबेला सकिने छ तिमी
प्रतिको माया र घृणाको भारी..
मेरो शरीर चितामा जलेर
खरानी भई नास भएको दिन,,
एक इतिहास यसरी पनि
अमर रहिरहोस् मेरो कथामा..
संसार र तिमि सँगै त्याग्छु
आज प्रेमको दास भएको दिन,,

  • राणा साहब
Spread the info

Leave a Reply

Your email address will not be published. Required fields are marked *