आमाको गाली

आमाको गाली ठीक साहुको बोली तीतो हुने रैछ,,
भोजनलाई भोकले जित्दा बासी भात मिठो हुने रैछ।

देखेका सपनाहरु पूरा गर्ने आशमा घरबाट टाढा पुगेर,,
एक प्रदेशी त्यही परिवारलाई सम्झी अनिँदो हुने रैछ।

दुःख सुखमा हालखबर सोध्ने सम्म कोही हुँदैन यहाँ,,
प्रदेशीको साथी एक्लोपन र फोनको भित्तो हुने रैछ।

आफैले मेहनत गरी दुइपैसा कमाउन थाले पछि बुझें,,
पैसा कमाउने मान्छेको गोजी सदावहार रित्तो हुने रैछ।

Thank you for reading this post, don't forget to subscribe!
✍️

राणा साहब

Spread the info