के सुनाउँनु अब

नुनको बजारमा चोटको ब्यथाहरु जानी के सुनाउनु अब,
आफ्नै चोचेका मान्छेहरु बाट भयो मानहानी के सुनाउनु अब ।

म बन्द कोठामा रोएको कि मलाई कि भित्तालाई थाहा थियो ।
अरुले सुनि सकेछन्, भित्ताको कान हुँदैन थानी के सुनाउनु अब ।

खुब गर्जिएको थियो प्रेमको मेघ आकाश देखि पाताल लोकमा,,
आँधी बेहरी मात्रै चल्यो, पर्दै परेन असिना पानी के सुनाउनु अब ।

म अन्धो देशको राजा थिए उनी बहिरो मुलुकको रानी थिईन,
सुनाउन मात्रै भन्छौ, मैले अधुरो कथाको काहानी के सुनाउनु अब ।

राणा साहब

Spread the info

Leave a Reply

Your email address will not be published. Required fields are marked *