तिम्रो यादको आँधी
ओठलाई बल्लतल्ल हसाए मनलाई मैले हँसाउन सकिन,,
अरुसँग यति खुसी देखें तिमीलाई मैले सताउन सकिन।
तिम्रो यादहरुको कारोबार यति घाटा खाएर गर्दैछु प्रिय,,
फेरि कसैको माया जोडेर तिम्रो याद मैले घटाउन सकिन।
पूर्णिमा होस् या औंसी म एक चन्द्रमा हेरि खुसी हुन्थे म,,
माफ गरिदेउ तिमीले झै लाखौं तारा मैले नचाउन सकिन।
यसरी बहन्छ यो मनमा तिम्रो यादहरुको आँधी तुफान,,
मेरो भर्खरै सल्केको खुसीको दियो मैले बचाउन सकिन।
✍️राणा साहब
