नजरले सुरु भएको प्रेम
जब पिहलोपटक देखे हटेनन् यी नजर तिमिबाट
तस्बिर हेर्दा पनि समाउन मन लाग्छ तिम्रो हात
तिम्रो मुस्कानले नै बनाईसक्यो मेरो मन बेचैन
अब मायाको डोरी कस्न तिमिले नै गरिदेउ आँट
तिम्रो सुन्दरतामा म बिलिन भईदिए,
खुशीले गदगद हुन्थे तिमी मेरो जीवनमा आइदिए,
सारा संसार जितेको महसुस हुन्थ्यो मलाई,
यदि तिमीले मसँग पिरति लाईदिए।
न घर न ठेगाना मात्र थाहा छ तिम्रो नाम,
न उमेर न पढाइ मात्र थाहा छ तिम्रो काम,
अब आइदेउ अनि बताइदेऊ आफ्नो परिचय,
अनि सँगैसँगै सपना पुरा गर्न जाम।
Muktak Writer: Kalpana Aryal

Comments are closed.