“नयाँ साल”
२०८३ जाँदैछ २०८४ पनि जाँदैछ यो प्रदेशीसंग २ साल नेपालमा भेट नभई जाँदैछ।
उस्तै खास हुँदैनन् नयाँवर्ष सबैका लागि,,
नयाँ बैंस हरुलाई हो नयाँ बर्ष,हामी दुःखमा च्यापिएका हरुलाई कुनै नयाँ हर्स छैन..
फेरिएको भित्तेपात्रो सँगै जिम्मेवारीको नयाँ पाना पनि पल्टिएर आउँछ हाम्रो लागि,
दुःखद वर्षको अन्त्य सँगै फेरि दुःख कै वर्ष सुरु हुन्छ हाम्रो लागि,,
जनवरी १ विदेशी नयाँ साल नेपालमा थिए मनाउन मन लागेन,
वैशाख १ नेपाली नयाँ साल विदेशमा छु कसरी मनाउनु,,
वैशाख १ भएर के गर्नु भाग्यमा परिवार संग एक हुन् लेखेको छैन।
नजिक सँगै भएको दिन वैशाख ३ गतेसम्म नयाँवर्ष मनाउनु पर्छ ल,
सुभकामना दिएन भनी चित्त न दुखाउनु,म भोलिपनि डिउटी जानुपर्छ ल।
-राणा साहव-
