अन्तर सामयीक प्रेम

बिहान देखी साँझ सम्मको कुरा बताउने सुरु सुरुमा हो,,
बाचा कसमहरु खाने खुवाउने र सताउने सुरु सुरुमा हो।

Thank you for reading this post, don't forget to subscribe!

एउटै कोठाभित्र सुत्दा नि बिस्तारा फरक फरक हुन्छ पछि,,
रातको सुताइलाई सोची दिनभरि फकाउने सुरु सुरुमा हो।

भोकै हिदोस् कि नाङ्गै हिँदोस् तिम्रो रूप सम्म हेर्न खोज्दैन,,
हिरो देखिनलाई दाह्री काट्ने जुँगा घटाउने सुरु सुरुमा हो।

झगडा हुँदा डबल बेड पनि साँघुरो लाग्दै जान्छ एकदिन,,
एउटै सिरानी र एउटै सिरक भित्र अटाउने सुरु सुरुमा हो।

                    ✍️राणा साहब
Spread the info