कतै हराएँ भनी

जिवनको भाग डौड संगै यो विरानो सहरको
सडक र गल्ली भित्र कतै हराएँ भनी,
गन्तव्यमा नपुग्दै संघर्षको बिच बाटोमा
आफ्नो हालत संग डराएँ भनी,
विरानो मुलुकमा आफ्नो छाँया बाहेक
कोही आफ्नो छैन आमा,
दुःख पर्दा आमा भनी चिच्याउने छु
सुन्छौ त जोड कराय भने,

Thank you for reading this post, don't forget to subscribe!

म जुन गन्तव्यको खोजिमा लम्किरहेको छु,,
त्यो गन्तव्य पनि त मलाई कुनै चौपारीमा पर्खीएको होला,
म एक्लै तड्पिएको कहा होर,
मेरो निधार कोर्ने भावि पनि त तड्पिएको होला,


खुशी खोज्न भएको सारा खुशीहरु उतै छोडेर आएँ,
रित्तो हात भएको छु आमाको काख अनी प्रियको पछेउरी दुईतै छोडेर आएँ


जहाजमा चढेर आएको थिएँ फेरी जहाजमा फर्किन पाएन भनी,
मेरो बाटो नढाउनु आमा म गाउँको बाटो ढाएन भनी,
मेरो तस्विर छोडेको छु तिम्रो सिरानी मुनी,
त्यही तस्विर अंगाली भुलिदिनु आमा छोरा घर आएन भनि,


म अर्को जुनीमा आउने छु यो जुनीमा हराएँ भनी,
आकाशमा तारा हेरेर भुली दिनु माटो मुनी कतै हराएँ भनी

Untitled-2
Spread the info