प्रेमको चर्को मूल्य

प्रेमको खेल घातक भो जिउँदै नर्कमा परियो,,
तिम्रो कारण मदिरा र धुवाँको सर्कामा परियो।

Thank you for reading this post, don't forget to subscribe!

म आफैमा अल्झिएको गाँठो हूँ भनेकै थिए ,,
जेलिएर प्रेमको डोरी नराम्रो चर्खामा परियो।

सुख्खा देखेर तैरिन खोजेको थिए खहरे खोला,
बाढी आयो बगायो खहरे संग बर्खामा परियो।

समयले मान्छेलाई बदल्छ भन्थे होइन रहेछ,,
यहाँ त मान्छेले समय बदल्दा मर्कामा परियो।

Spread the info