“प्रेम के हो ?”

मैले कान्छीलाई
दिनरात सम्झीरहेको छु
केवल याद र रहरहरु संग
एक्लै रमाएको छु
हाम्रो मायाँ कस्तो है
धर्ती र आकाश भन्दा पनि टाढा
केवल फोनमा मात्र कुरा गर्ने
सागर भन्दा पनि धेरै गहिरो
उत्रिरहेको छ काठ सरी
किन होला बुझ्न सकेको छैन
कस्तो हो प्रेम

मिग, फेसबुक र मोबाइलको नै
साहारा लिइरहेको छु
कान्छी प्यारो भन्थे है’छ
हाम्रो प्रेम केवल रहरको हैन
नङ र मासुको जस्तो सम्बन्ध छ
हामी यसरी कति दिन सम्म
कोइली झै रोएर बस्ने
ल सुन म भन्छु एउटा कुरा
कि मलाई बोलाउ
कि त म उतै सधै बस्नकै लागि आउँछु
दोधार हो प्रेम
तिमी त स्वर्गकी परी जस्ती
मेरो नजिक हुन्थ्यौ भने टपक्क टिप्थे
सुनको गहना भए लाखौं हालेर
भएपनि किन्थे होला
तर तिमी त यति बहुमुल्य भयौं
कि यो कान्छाले चाहेर पनि
खरिद गर्न नसक्ने भयो
सुन्दर फुल भए सधै म
शिरमा सजाएर हिन्थे होला
मनको बह कता पोखु
पोख्ने ठाउँ नै छैन रहर हो प्रेम

अरुले छि भनेको कुरा नै
मिठो मान्छु किन हो
जस्तै सिङ्की, सिस्नो, कोदोको ढिडो
खादाँ नमिठो भएपनि
त्यसको फाइदा राम्रै हुन्छ हैन र
नराम्रो भित्र पनि राम्रो
लुकेको हुदो रै’छ मन हो प्रेम

कस्तो सम्बन्ध यो
कलम र मसीको जस्तो
कस्तो नाता यो
रगतको भन्दा पनि प्यारो
सम्बन्ध र नाता त केवल
स्वार्थ र पैसाको लागि हो भन्थे
अहँ त्यो हैन’छ
मन भित्रको रहरमा
भावना हो प्रेम

हामी यति टाढा छौ कि
गर्मी र जाडो जस्तो
घाम र पानी जस्तो
हामी चाहेर पनि नजिक
हुन सक्दैनौ यहाँ
किनकि हाम्रो बीचमा
एउटा पर्खाल छ
त्यो त झन् बहुल्य छ
सायद मेरो जीवनको तीन नारी
सबैलाई महत्वको साथ हेरेको छु
नारी हो प्रेम

धेरै सोचे केवल
मेरो जीवन के हो
मायाँ प्रेम के हो
साथ के हो
स्पर्श भित्रको रहर के हो
अहँ मेरो मनलाई बुझाउन
चिच्चाएर एकछिन रोए
मन त हल्का भो
खाली भाडो जस्तो
अर्कोतिर अर्को शब्दको
सिर्जना भो प्रेम
अनि सम्झे यादहरुलाई
बिकल्पको बाटो खोजे
अनुसन्धान हो प्रेम

रुदै, सोच्द,ै कराउँदै
सिर्जनाको बारेमा लेखे
मेरो बानी नै
खुसी, हाँसो, उमंग,
रहर, यात्रा जे भएपनि
लेख्ने र यो मेरो नयाँ
रचना हो भन्ने गर्छु
साहित्य हो प्रेम

कालिका मन्दिरको पुजा
कान्छीको उपहारहरु
हाँस्दै गफ गर्दै
भाईको साथले कैद गरेको
रमाइलो तस्वीरहरु
सगै बसेर खिच्दाको रहरहरु
विश्वास हो प्रेम

प्रन्ध मिनेटको पुल यात्रा
कान्छी संग जिस्केको पल
पालैपालो हाँसेर कैद गरेको
तस्वीरले नै बोलेको छ
इच्छा र मनको
यात्रा हो प्रेम

कहिले चिउरा संग
कुखुराको मासु खादै
पुलाउ र अचारको साथमा
खसीको मासु मुखमा राख्दै
साथीहरुको रहर लाग्दो साथ
दोहोरी भाकामा छमछमी नाचेर
कम्मर भाचेको
रमाइलो हो प्रेम

फेवातालमा जलको साथ
मन्दिरमा भगवानको साथ
माछा हेर्नेहरुको भीड डुङ्गा चलाउने माझीदाईको
त्यो सरल जीवन
बाध्यताले नै गरेको
त्यो मजदुरी भित्रको
सागर हो प्रेम

झर्केर बोलेको त्यो मिठासको
मन्द मुस्कानको बोली
डेभिस् फलको रहर लाग्दो
भmरेको झरनाको जीवन
गुप्तेश्वर महादेवको गुफा
दुई जना मात्र त्यो ठाउँ
अन्धकारमा बत्ती बलेको
सुनसान हो प्रेम

तिम्रो र मेरो जीवनमा एउटा संघर्ष हो
हाम्रो प्रेम यस्तो होस्
परेवाको जोडी जस्तो
बुलबुलको मायाँ जस्तो
सागरको जल जस्तो
बहार हो प्रेम
यति धेरै अनुभबहरु
घुम्ने, रमाइलो गर्नेहरु|
फाइदा र बेफाइदा खोज्नेहरु
पैसामा मै घुम्नेहरु
नाता र सम्बन्धमा रम्नेहरु
लठ्ठ हुदै स्वार्थमा जम्नेहरु
यी धेरै अनुभबहरुको बीचमा
साथी संगै भए पनि म एक्लै रुदै कराउदै
पागल सरी भौतारिदै
जिन्दगीको सही बाटो पहिल्याउन
हिडेको यो एकल यात्री
कान्छीलाई सम्झदै
मनले नै भनिरहेको छ
‘तिमी र म अरु केहि नभई
एउटा अव्यक्त प्रेम हो

Thank you for reading this post, don't forget to subscribe!

सुरज थापा मगर

Spread the info