“यस्तो देखिन्छ”
पाकेका सकिए संसदमा अर्धकाँचो केश देखिन्छ,,
गौरव गाठोले बुनिएको सुकिलो लुगा र भेष देखिन्छ,,
भ्रष्टलाई खरायो र विकासलाई कछुवा बनाई खेलाए,,
साँच्चिकै हेर्दा देश त कछुवा र खरायोको रेश् देखिन्छ।
लुछाचुँडी मा बचेको अस्तित्व अब बचाउ युवा साथी..
खरानी धस्ने जोगीहरू हेर्दा अब खतरामा देश देखिन्छ।
पुर्खाले सुम्पेको राज्य हामीले सम्म सकुशल देख्न पायौं,,
लाग्छ,नातिको पालामा देशको मात्र अब अवशेष देखिन्छ।
