“सम्झनामा बाबा”


“बाबा”खुब याद आएको छ आज हजुरको र त आकाशमा हेरी ताराहरु संग कुरा गर्दैछु,,,कुन चाहिं तारा होला है मेरो बाबा?त्यो आकाशबाट मलाई देखि राख्नु भएको होला है?कतै ताराहरु खस्दा मेरो बाबा पनि खसेर मेरो अगाडि आइदिए?अनेक प्रश्नहरु छन् बाबा हजुर प्रति ।
म रित्तो हात त्यही दिनदेखि भएको थिएँ,,
जब बाबा भगवानको हात समातेर जानु भयो..
आमाको सिन्दुर,चुरा, पोते अनि परिवारको खुसी सबै लिएर जानु भयो बाबा,
फेरि कसले भन्छ मरेको मान्छेले ले केहि लिएर जाँदैन भनेर,,,
भित्तामा एकथान तस्बिर छ हजुरको,,कहिलेकाहीं म हांस्दा हांसीदिए म रुँदा रोईदिए पनि हुन्थ्यो जस्तो लाग्छ तर बोल्दैन त्यो हजुरको तस्बिर बाबा,,
मिल्ने भए स्वर्गको ढोका ढकढकाएर हजुरलाई सुनाउने थिए तपाईं बिना म कति सम्म टुहुरो भएको छु,,तपाईंको नामबाट पाएको छु मेरो पहिचान तर तपाईंको उपस्थिति नपाएको स्वाद निकै तीतो लाग्ने गर्छ बाबा,,

Thank you for reading this post, don't forget to subscribe!

मलाई याद छ,परिवारको त्यो दुःख ताल्न तपाईंले चालेका ती उकाली ओरालीहरु मेरो मानसपटलमा ताजै नाचेका छन्,
मेरो त्यो बाल्यकाल अनि तपाईंको त्यो दुःखद मरण,मलाई त मान्छेको मृत्यु के हो त्यो पनि राम्रो संग हेक्का थिएन बाबा त्यो बेला छाडेर जानु भाको थियो,
छिमेकी ठूला मान्छेहरूले आज पनि सुनाउने गर्छन् ,”तपाईं मुर्दा भएर सेतो कपडाले छोपिदा पनि म आफ्नै खेलौनामा खुसी थिए रे”।
अलि बुझ्ने भएर छोडेर गएको भएपनि त बाबाको माया बुझ्थे होला बाबा,,
खैर, दैबको अगाडि केही लाग्दो रहेनछ मैले आज हार स्वीकार्दै छु,,
पुस,माघको जाडोमा मलाई त्यति चिसो लागेको थिएन बाबा,
जति तपाईं जलिरहेको चिताको रापले मेरो मुटुलाई चिस्याई रहेको थियो,,
बाबा भनेर हात समाउन खोज्दा तपाईं थिएन, आमा भनेर आमा खोज्दा आमालाई दुःखले विदेश पुराएको थियो,,दुःखको त्यो भुमरीमा म कति निस्सासिएको थिए सम्झदा आज मुटु भक्कानिन्छ बाबा,,

आज दुःखको पहाडलाई छिचोल्दै सफलताको समथर भूभागमा पुग्दैछु बाबा,
दुःखको यात्रामा कति काँडा विज्यो यो पैतालामा,,यो सबै दुःख आज आकाशमा तपाईंलाई हेरी सुनाउँदैछु,,म सफल हुँदासम्म मलाई हेरीबस्नु है बाबा,,आकाशमा तपाईं चम्किने भएको छ धर्तीमा म चम्किएर तपाईंलाई खुसी बनाउने छु,,हजुरको याद आउँदा आकाश तिर हेर्नेछु मलाई वर्षा पनि आशीर्वाद दिनु ल बाबा।
_बाबु

Spread the info